सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट रमेश खड्का विजयी

२०७६ मंसिर १५, ०६:०५ खबर संवाददाता

अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार रमेश खड्का विजयी भएका छन्। उनी  ७ सय ७८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्।

शनिबार भएको मतदानमा १ हजार ९ सय मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ।

कमेन्ट लोड गर्नुस