अछाममा अनेरास्ववियुका नेता माथी कुटपिट, प्रहरीद्वारा हवाई फायर
अछाम: अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद कुटिएका छन्। मतदान कार्य सम्पन्न पश्चात सर्वदलिय बैठक बस्ने तयारी भएको बेला अज्ञात समुहको कुटाइबाट उनी घाइते भएका छन्।
उनलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। झगडालाई साम्य पार्न प्रहरीले हवाईफायर समेत गरेको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले दिनेश खबरलाई जानकारी दिए। यसबारे बुझ्न खोज्दा अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले घटनाको सत्यतथ्यबारे आफुलाई जानकारी नभएको बताएका छन्।