कैलालीमा हिंसा निगरानी समुह गठन
कैलाली: कैलालीमा हिंसा निगरानी समुह गठन गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा हेमन्त जोशीको संयोजकत्वमा समुह गठन गरिएको हो। नगरपालिका क्षेत्रमा हुने मानविय हिंसालाई न्युनीकरण गर्ने उदेश्यले २५ सदस्यीय समुह गठन गरिएको संयोजक जोशीले बताए।
उनका अनुसार समुहको सदस्यहरुमा लिलाधर न्यूरे, देविका घर्तिमगर, कमला विक, पार्वती बुढाएर, भरत विक, ईन्द्रबहादुर बम लगायत छन्। विकास र सामाजिक परिवर्तनका लागी संचार (एफएमडिसी) को आयोजनामा समुह गठन गरिएको संयोजक हेमन्त जोशीले बताए।
कार्यक्रममा मानव अधिकार सुदृढिकरण परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद उपाध्यायले मावन अधिकारका बारेमा चर्चा गरेका थिए।