बैतडीमा उपनिर्वाचनः ६६ प्रतिशत मत खस्यो
बैतडीका ३ वडामा भएको उपनिर्वाचनमा ६६ प्रतिशत मत खसेको छ । तीनओटै वडामा ४ हजार ३३६ मतदाता रहेकोमा २ हजार सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौंडी नगरपालिका ४ मा उपनिर्वाचन भएको हो।
दोगडाकेदार गाउँपालिका–४ मा १ हजार ८० जना मतदाता रहेकोमा १ हजार ९८ जनाले मतदान गरेका छन्। यस्तै सुर्नया गाउँपालिका १ मा ६१९ मतदाता रहेकामा २२८ महिला र २१० पुरुष गरी ४३८ जनाले मतदान गरेका छन्।
त्यस्तै पुर्चौंडी नगरपालिका ४मा १ हजार ९०९ जना मतदाता मध्ये १ हजार ३३० जनाले मतदान गरेका छन् । जल्लाभरी उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।