सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला सेवा समितिको अध्यक्षमा पन्त

२०७६ मंसिर १४, ०६:५९ खबर संवाददाता

श्रीमालिकार्जुन दार्चुला सेवा समितिको अध्यक्षमा महेन्द्रराज पन्त चयन भएका छन्। धनगढीमा भएको समितिको पाँचौ साधारण सभाबाट पन्त अध्यक्षमा चयन भएका हुन्।

समितिको उपाध्यक्षमा कालु सिँह धामी र कर्ण सिँह धामी, सचिवमा देवदत्त भट्ट, सह–सचिवमा जनक सिँह सामन्त र कोषाध्यक्षमा सुनिता साउँद चयन भएका छन्। अन्य सदस्यहरुमा सुम्कादेवी विष्ट, धनादेवी जोशी, विरेन्द्रबहादुर सिँह, भक्तबहादुर धामी र लिलाधर भट्ट चयन भएका छन्। समितिको कार्यकाल तीन वर्षको हुने अध्यक्ष पन्तले जानकारी दिए। विस २०६५ सालमा समिति गठन भएको थियो।

कमेन्ट लोड गर्नुस