सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर युवक हत्या प्रकरणमा चासो नदिएको भन्दै नगरपालिका घेराउ

२०७६ मंसिर १४, ११:४९ खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल ओभरटेक गरेको निहुँमा हत्या गरिएका युवकको घटनामा चासो नदिएको भन्दै कञ्चनपुरको महाकाली नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ। मृतकका आफन्तले घटनामा जनप्रतिनिधि उदासिन बनेको भन्दै आज नगरपालिकाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले नगर प्रमुख र उपप्रमुख घटना प्रती मुखदर्शक बनेको आरोप लगाउँदै प्रर्दशन गरेका छन्।  बीहिबार दोधाराबाट महेन्द्रनगर आउने क्रममा भीमदत्त नगरपालिका–१८ गोबरैयामा मोटरसाइकल ओभरटेक गरेको निहुँमा माहाकाली नगरपालिका ३ का २२ वर्षीय दिपक पन्तको चक्कु प्रहार र हेलमेटले प्रहार गरी हत्या गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस