सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रेसर कुकर बम फेला

फाईल फोटो
फाईल फोटो
२०७६ मंसिर १४, ०८:३४ खबर संवाददाता

डोटीमा प्रेसर कुकर बम भेटिएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरिएको उनले बताए। यस्तै सोहि ठाउंमा ढुंगा हालेर रुखमा बेरेर राखेको अवस्थामा दुई झोला समेत भेटिएको उनले बताए। कसले राखेको भन्ने बारे भने खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस