सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डको कार्यक्रममा सुरक्षा दिन नसकेको भन्दै डिएसपीको सरुवा

२०७६ मंसिर १३, ०५:४८

नेकपाका अध्यक्ष प्रचण्डको कार्यक्रममा सुरक्षा दिन नसकेको भन्दै डिएसपीको सरुवा गरिएको छ। मंसिर ११ गते पोखराको प्रदर्शनी केन्द्रमा सत्तारूढ दल नेकपाले बृहत चुनावीसभा कार्यक्रमको छेउमै बम विस्फोट भएपछि यहाँका एक डिएसपीको कार्यक्षमतामा प्रश्न उठाउँदै सरुवा गरिएको छ। 

वडा प्रहरी कार्यालय बैदाममाका प्रमुख डिएसपी कोमल शाहलाई सोही कार्यक्रममा सुरक्षा व्यवस्था राम्रो गर्न नसकेको भन्दै प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो। 

उनलाई उपनिर्वाचन हुनुभन्दा दुई दिनअगाडि बिहीबार सरुवा गरिएको हो। बम विस्फोटमा पाँचजना घाइतेसमेत भएका थिए। 
 

कमेन्ट लोड गर्नुस