महिला हिंसाविरुद्ध बझाँङका महिला एकजुट
दिने लैंगिक हिंसाविरुद्धको अभियान संचालन भइरहँदा तल्कोट गाउँपालिका वडा नम्बर १ सुनिकोटका महिला आफू माथि हुने हिंसा सहेर नबस्ने भन्दै एकजुट भएका छन्।
परम्परादेखि चल्दै आएका कुरीती कुसंस्कारविरुद्धको यहाँका महिलाहरु खुलेरै विरोध गर्न थालेका छन्। केही वर्ष अघिसम्म घरको महिनावारी हँुदा घरको आगन समेत छुन नपाउने यहाँका महिलाहरु अहिले घर भित्रै बस्ने गरेका छन्। महिनावारी हुँदा गाउँभन्दा ५र६ सय मिटर टाढा बनाइएका साँघुरो गोठमा बस्दै आएका उनीहरू छाउ भएको समयमा घरभित्रै बस्न थालेपछी निकै खुसी छन्।
अन्धविश्वासका कारण केही बर्ष अघि पाँच दिनसम्म छाउगोठमा बस्ने गरेका यहाँका महिलाहरु घर भित्र बस्ने गरेका हुन्। महिलाहरुलाई कुरीती विरुद्ध खुलेर विरोध गर्ने प्रेरणा युएमएनको आर्थिक सहयोगमा तथा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा संचालन भएको ब्यावहार परिवर्तन परियोजनाले दिएको स्थानीय नामसरा बम्मले बताइन्।
२०६८ सालको जनगणनाअनुसार बझाङको कुल जनसंख्या १ लाख ९५ हजार १५९ रहेको छ। जस अनुसार महिलाको जनसंख्या १ लाख दुई हजार ३ सय ६५ रहेकोमा २५ हजार ४ सय ६७ किशोरीहरु रहेका छन्। अहिले बझाङमा महिला तथा बालबालिका कार्यलयको तथ्याङ्क अनुसार झण्डै ६० प्रतिशतभन्दा बढीले यो प्रथा पूर्ण रुपमा मान्दै आएका छन्।
तर कतीपय विज्ञहरुले यो तथ्याङ्ककोसमेत आलोचना गर्न थालेका छन्। योभन्दा बढीले छाउपडी प्रथा मान्ने उनीहरूको भनाइ छ।