सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीकै स्थानीय शुद्ध खानेपानीको पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीवासीले खानेपानीको समस्याबाट अझै छुट्करा पाउन सकेका छैनन्। स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएको ढाई वर्ष हुदापनि धनगढीवासी शुद्ध खानेपानीको पहँुच वाहिर रहेका छन्। दुई आर्थीक वर्षको बजेट पुर्ण रुपमा कार्यान्वयन गरिसकेको धनगढी उप–महानगरपालिकाले अझै खानेपानीको समस्या समाधान गर्न नसकेको हो।
जसका कारण हाते पप्पको आर्सनिक पानी पिउनुपर्ने बाध्यता कायमै छ। उप–महानगरपालिकाको वडा नम्बर ३ को कालिका टोलमा अधिकांश दलित समुदायको वस्तीे छ। भौतिक पुर्वाधारको विकासका दृष्टिकोणले पछि रहेको सो वस्ती अहिले पनि शुद्ध खानेपानीको पहुँच बाहिर छ। तर छिमेकी बस्तीमा भने खानेपानी पुगेको छ। त्यसैले पनि होला कालिका टोलबासीलाई सरकारले समेत उपेक्षा गरेको जस्तो लागेको छ।

स्थानीय लक्ष्मी विकले छिमेकी बस्ती सम्म पानीको सुविधा भएपनि आफूहरुले उपभोग गर्न नपाउँदा उपेक्षित भएको भान हुने गरेको बताईन्। पप्पकै पानी पिउनुपर्ने बाध्यतामा रहेको उनको गुनासो छ। कालिका टोलमा वस्ती वसेको २५ वर्ष भन्दा बढी समय भईसकेको भएपनि उक्त क्षेत्रमा राज्यको उपस्थीती शुन्य जस्तै छ।


झण्डै चार÷पाँच सय घरधुरी रहेको कालिका टोलमा ठुलो संख्यामा दलित वस्ती रहेको छ। टोलका स्थानीयले खानेपानीका लागि सम्बन्धीत निकायमा धाउँदा समेत सुनवाई नभएको गुनासो गरेका छन्। अर्का स्थानीय रामलाल मगरातीले पानीका लागि वैकल्पीक धारा राखिएको तर सार्वजनिक जग्गा नहुँदा समस्या भएको बताए।
दिनभर ज्याला मजदुरी गरि छाक टार्ने कालिका टोलका स्थानीय शुद्ध खानेपानीको पहुच भन्दा वाहिर रहेको वर्षैँ वितेपनि सरोकारवाला निकाय भने मुखदर्शक बनेका छन्। स्थानीय सरकारले पनि हुने खानेहरुको टोलमा मात्र विकास निर्माणका योजना दिने गरेको आरोप लागेको छ।
कालिका टोलको नजिकै एकातिर खानेपानी ट्याङ्की छ भने अर्को तर्फ खानेपानी पुगेको छ तर उक्त टोलवासी हाते पम्पको आर्सनिकयुक्त पानी पिउन बाध्य छन्। शुद्ध खानेपानीको पहँुचमा पु¥याउने लक्ष्य सहित ल्याएका कतिपय योजना पनि अलपत्र परेका छन्।
खानेपानी संस्थान तथा स्थानीय जनप्रतिनिधीले तत्कालै शुद्ध खानेपानीको पहुच पु¥याउने प्रतिवद्धता जनाएका थिए। तर आश्वासन दिएको लामो समय हुदा पनि धनगढीवासीले खानेपानीको समस्याबाट अझै छुट्करा पाउन सकेका छैनन्।