सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्षद्धारा कांग्रेस कार्यकर्तामाथी कुटपिट

। फोटो स्रोत ।
२०७६ मंसिर ११, ०४:०३ खबर संवाददाता

दाङमा वडा अध्यक्षले रक्सीले मातेर कांग्रेसका कार्यकर्ता कुटेका छन्। तत्कालीन एमालेबाट निर्वाचित बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देवकोटा र सुरेश खड्कालाई मंगलबार बेलुकी रक्सीले मातेर कुटपिट गरेका हुन्।

नेपाली कांग्रेस र नेकपाका नेताहरुसहित इलाका प्रहरी कार्यालयका पञ्चकुलेमा दोषी अध्यक्ष डाँगीले बुधबार बिहान छलफल गरी सार्वजनिक रुपमा माफी मागेका छन्। रक्सी पिएका बेला गल्ती भएको भन्दै माफी माग्दै अबदेखि यस्ता गल्ती नदोर्होयाउने सहमति भएको कांग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले बताए।

यसअघि सोमबार बेलुका तुलसीपुर–१० गौरीगाउँमा नेकपाका कार्यकर्ताले बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर–११ हस्नापुरका नेविसंघका कार्यकर्ता कृष्ण बस्नेत घाइते भएका थिए। घाइते बस्नेतलाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। टाउकोमा बियरको बोत्तलका सिसा बिझेको आशंका भएकाले सिटी स्क्यान गर्न नेपालगन्ज रेफर गरिएको प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस