रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
रुसको औपचारिक भ्रमणमा गएका पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मस्कोमा सोमबार समकक्षी सर्गेइ लाभ्रोभसँगको भेटमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री दिमित्री मेदवेदेभलाई पठाएको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेका थिए। नेपालको निम्तोबारे प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्री लाभ्रोभले कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गर्ने जानकारी दिएका थिए।