दार्चुलामा सुत्केरी ब्यथा लागेकी महिलाको उद्धार
दार्चुलामा सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गरिएको छ। सुत्केरी ब्यथा लागेर बैतडी दार्चुला सडकखण्डस्थित मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती की २० वर्षिया फुन्नी देवी धामीको उद्धार गरिएको हो। दुई दिन देखी सुत्केरी व्यथा लागेकी धामीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले उद्धार गरि जिल्ला अस्पताल दार्चुला पुर्याएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाले जनाएको छ।
गुल्मका अनुसार धनगढीबाट दार्चुला गइरहेका गुल्मपति विष्टले दुई देखि सुत्केरी ब्यथा लागेकी फुन्नीलाई शुक्रबार साझ पस्तीबाट उद्धार गरी अस्पताल पुर्याएका हुन्। फुन्नीका श्रीमान रोजगारीका लागि भारतमा रहेका छन भने उनको घरमा सासु र ससुरा मात्रै छन्। मालिकार्जुन देखि जिल्ला अस्पताल दार्चुला ४० किलोसमटरको दुरीमा पर्छ।