गोदावरीमा सामुदायिक वनको सीमाबाट नदीजन्य वस्तु ओसारपसार गर्न रोक
कैलालीको गोदावरीमा सामुदायिक वनको सीमाबाट नदीजन्य वस्तु उत्खनन्मा रोक लगाईएको छ। गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको सुर्योदय सामुदायिक वनको सीमा क्षेत्रबाट नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन् र ओसारपसार गर्न रोक लगाईएको वन उपभोक्ता समितिले जनाएको छ।
समितिले वन क्षेत्र भएर नदीजन्य वस्तु ओसारपसार गरेको भेटिएमा कानून अनुसार पाँच हजार र दश हजार सम्म जरिवाना गरिने चेतावनी पनि दिएको छ।