सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवतीलाई देह व्यापारमा लगाउने होटल सञ्चालक महिला पक्राउ

२०७६ मंसिर ६, १०:२० खबर संवाददाता

कैलालीमा युवतीलाई देह व्यापारमा लगाएको आरोपमा एक होटल सञ्चालक महिलालाई पक्राउ गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाको राजु होटलकी संचालक गौरा देवी रानालाई देह व्यापारमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर भएकी माया (नाम परिवर्तीत) बालिकालाई काम लगाईदिने भन्दै देह व्यापारमा संलग्न गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मायालाई होटलमा आउने पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

काठमाडौंमा काम खोजी रहेकी मायालाई अत्तरिया ल्याएर सञ्चालक रानाले होटलमा कामदारको रुपमा राखेपनि देह व्यापार गराएकाले पक्राउ गरिएको उनले बताए। रानालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो। राना विरुद्ध मानव बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरीइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 
    

  
 

कमेन्ट लोड गर्नुस