महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको प्रदेश संयोजकमा देवकोटा
महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड काठमाण्डौंको सुदूपश्चिम प्रदेश संयोजकमा तुलसी देवकोटा चयन भएकी छिन्। बुधवार सम्पन्न भएको प्रदेश स्तरीय महिला सहकारी भेलाबाट उनि संयोजकमा सर्वसम्मत चयन भएकी हुन्।
सोही भेलाले उपसंयोजकमा माया कुवँर त्यसैगरी सदस्यहरुमा पुर्णा शाह, ईश्वरी रावल, माया शाही, सरस्वती कार्की र मेनुका सिँहलाई चयन गरेको छ।
कार्यक्रममा बोल्दै सहकारी संस्थाका केन्द्रिय अध्यक्ष शान्ति गुरुङले अहिले नेपालभरीका सबै जिल्लामा शेयर सदस्यता वितरण गर्नेगरी उक्त सहकारी संस्थाले प्रदेश तथा जिल्ला समिति गठन गरिरहेकोे बताइन्।
त्यस्तै उक्त संस्थाकी सचिव निर्मला श्रेष्ठले आफुहरुले १ लाख ५० हजार शेयर सदस्य पुर्याउने लक्ष्य लिएर प्रदेश तथा हरेक जिल्लामा सहकारीको शेयर सदस्यता वितरण गरिरहेको जानकारी दिइन। सुदूपश्चिमका ९ वटै जिल्लाका महिला सहकारीहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीतामा धनगढीको कृषि विकास तालिम केन्द्रमा उक्त अधिवेसन आयोजना भएको थियो।
त्यस्तै सोही क्रममा संस्थाले दुई दिने प्रदेश स्तरीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ। अनुशिक्षण कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेश संयोजक तुलसी देवकोटाले संस्थाले अब सुदूरपश्चिममा रहेका महिला सहकारीहरुले उत्पादन गरेका बस्तुहरु काठमाण्डौंसम्म बजारिकरण गर्न सहयोग गरेर व्यवसायलाई थप मजबुत बनाउने बताइन।