सुदूरपश्चिमका कानून मन्त्री शाहले असहायसंग जन्मदिन मनाए
सुदूरपश्चिमका मामिला तथा कानुनमन्त्री प्रकाश शाहले असहायसंग जन्म दिन मनाएका छन्। मन्त्री शाहले आज परेको ४८ औँ जन्म दिन आमाको माया छात्रबासमा आश्रीत असहाय र टुहुरा बालकहरुसंग मनाएका हुन्।
उनले जन्मदिनको अवसरमा छात्रबासमा रहेका असहाय तथा टुहुरा बालकलाई खाद्यान्न तथा फलफूल पनि वितरण गरेका छन्। जन्मोत्सव कार्यक्रममा बोल्दै शाहले जन्मदिनमा थोरै भए पनि आफुले गरेको यो सानो सहयोगले छात्रवासमा आश्रीत बिद्यार्थीहरुको पठन–पाठन र खानपानमा सहयोग पुग्ने आशा व्यक्त गरे।