सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम नगर्ने कर्मचारीहरुलाई राजीनामा दिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०३:३७ खबर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्। नभए आफूले हटाउने भन्दै उनले अदालत नजान आग्रह गरेका छन्। बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए। उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे।

नभए आफूले हटाउने भन्दै उनले भने, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला।’ उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन्। पर्यटनमन्त्री भट्टराईले कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै ११ र १२ गतेको बैठकमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिएका छन्।
 

कमेन्ट लोड गर्नुस