सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइएमइको डबलको डबल रकम योजना अन्तर्गत युएईमा ४ नेपालीले जिते नगद उपहार

। फोटो स्रोत ।
२०७६ मंसिर ३, ०८:०८ खबर संवाददाता

आइएमइ दशैं तिहार तथा छठ पर्वमा डबलको डबल रकम योजना अन्तर्गत युएईमा कार्यरत चारजना नेपालीले उपहार जितेका छन्। योजनाकोे दोस्रो तथा अन्तिम महिना चितवनका जनक कार्की र कपिलवस्तुका दासुराम थारुले आफुले पठाएको रकमको डबल रकम पाएको आइएमइ अधिकृत ईश्वर अधिकारीले बताए। यसअघि सेप्टेम्बर महिनाको पहिलो र दोस्रो हप्ताको बिजेता युएईबाट छानिएका थिए।

उनीहरुमध्ये कार्कीले आफूले पठाएको रकमको चारगुणा रकम पाएका छन्। उनले अल अहलिया एक्सचेन्जको अल एन शाखाबाट आइएमइ गरी ४६ हजार रुपैयाँ रकम नेपाल पठाएका थिए । पठाएको रकमको चारगुणा १ लाख ८३ हजार ७७२ रुपैयाँ पाएका हुन्। त्यस्तै थारुले आफूले पठाएको रकमको डबल पाएका छन्। उनले अल अन्सारी एक्सचेन्जको सारजहा शाखाबाट आइएमइ गरी २५ हजार रुपैँया नेपाल पठाएका थिए। पठाएको रकमको डबल अन्तर्गत ५० हजार रुपैँया पाएको आइएमइका युएई प्रमुख उत्तम बस्नेतले बताए।

आइएमइको यो योजनामा हरेक हप्ता विश्वभरका दुई जना नेपाली बिजेता छानिएका थिए। उक्त योजनामा युएईबाट ४ जनाले उपहार जितेका हुन्। योजना अन्तर्गत पहिलो महिनाको पहिलो र दोस्रो हप्ता युएईमा कार्यरत सुनसरीका महेश आले र स्याङ्जाका विजयी नेपाली बिजेता बनेका थिए। २ जना अल अहलिया एक्स्चेन्ज र २ जना अल अन्सारी एक्स्चेन्जबाट विजेता हुन बनेका हुन्। आइएमईको दशैं–तिहार तथा छठ पर्वको डबलको डबल उपहार योजना सेप्टेम्वर १ तारिखदेखि नोवेम्बर १६ सम्म चलेको थियो।

योजना अवधिभर साप्ताहिक २ जनालाई आइएमइ गरिएको रकमको डबल, मासिक २ जनालाई आइएमइ गरिएको रकमको चारगुणा बढी तथा बम्पर योजनामा सहभागी मध्येको एकजनाले आइएमइ गरिएको रकमको ८ गुणसम्म रकम पाएको आइएमइका अधिकृत ईश्वर अधिकारीले बताए।
 

कमेन्ट लोड गर्नुस