सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जोकर’ले कमायो १ खर्ब १४ अर्बभन्दा बढी

२०७६ मंसिर २, ०६:०५

हलिउड फिल्म ‘जोकर’ अक्टोबरमा रिलिज भएको थियो । फिल्मले अहिले पनि उत्तिकै कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म १ बिलियन डलर (नेपाली रुपैयाँ १ खर्ब चौध अर्ब भन्दा बढी) कमाइ गरेको छ। साथै यो फिल्म वार्नर ब्रोजको ब्यानरमा बनेका फिल्ममध्ये १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने सातौँ फिल्म बनेको छ।

हलिउड मिडियाका अनुसार जोक्विन फिनिक्स अभिनित यो फिल्मले ६० करोड डलरभन्दा बढी नाफा गरेको छ । फिल्म नेपालका दर्शकले पनि उत्तिकै रुचाएका थिए।
 

कमेन्ट लोड गर्नुस