कैलालीमा एकै दिन ५ बालक हराए
एक सता अगाडी हराएका कैलालीका ५ जना बालक अझै फेला परेका छैनन्। जिल्लाको गोदावरी नगरपालिका मालाखेतिबाट हराएका १३ बर्षीय राजु ताम्राकार, १४ बर्षीय आयुस ताम्राकार, १२ बर्षीय डम्मर चौधरी, १२ बर्षकै समिर चौधरी र १३ बर्षीय जिवन चौधरी अझै फेला नपरेका हुन्।
उनीहरु कार्तिक २६ गते साँझ हराएका थिए। तीन जना चौधरी बालकको खोजी गरी पाउँ भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्तीक २९ गते हुलिया निवेदन दर्ता भएको थियो।
तर ताम्राकारका आफन्तले भने अहिले सम्म हुलिया निवेदन समेत नदिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरु पाँचै जनाको खोजी कार्य जारी रहेको बताए।
‘उनीहरुमा मध्ये २ जना यसअघि पनि भारत गएको जानकारी पाएका छौँ,’ उनले भने, ‘फेरी भारततिरै गएका पनि हुनसक्छन्, खोजी जारी राखेका छौ।’