सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिदा एक जना घाईते

२०७६ मंसिर १, ०५:५९ खबर संवाददाता

कैलालीमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिदा एकजना घाईते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकाको साडेपानीमा पश्चिमबाट पूर्व जादै गरेको से ४ प १२७० नम्बरको स्कुटरलाई से ३ प ६६८५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदा स्कुटर चालक ३४ वर्षीया राधा जोशी घाईते भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार जोशीको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। चालक र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस