सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिमका ३ जिल्लामा फौजीकीराको प्रकोप देखा

२०७६ मंसिर १, ०४:२५ खबर संवाददाता

सुदुरपश्चिमका ३ जिल्लामा बालीमा लाग्ने फौजीकीराको प्रकोप देखा परेको छ। कैलालीको धनगढी उपमहानगरपालीका, कञ्चनपुरको महाकाली नगरपालीका र बझाँङ्को जयपृथवी नगरपालीका क्षेत्रमा फौजीकीराको प्रकोप देखा परेको किसान परीयोजना २ का कैलाली संयोजक विनोद कुमार बरईले जानकारी दिए। अमेरिकन फौजीकीरा सर्वप्रर्थम कञ्चनपुरको महाकाली नगरपालीकामा देखा परेको उनले बताए। दोश्रो मुख्य बाली मकैमा  फौजीकीरा देखापरेको कृर्षि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए। उनले फौजीकीराले मकै पश्चात धान तथा गहुँ बालीमा समेत आक्रमण गर्ने बताए। 

फौजीकीराको नियन्त्रणका लागी प्रदेश सरकार बाट मात्रै सम्भव नभएकाले किसान सँग सम्बन्धीत सबै निकायले लाग्नुपर्नेमा भूमि, व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालयले जोड दिएको छ। फौजीकीरा देखापरेका क्षेत्रमा दिर्घकालीन निवारणका उपायहरु खाजीने बताउदै मन्त्री बिनिता चौधरीले कीरा देखापर्ने सम्भावीत क्षेत्रमा उच्च सर्तकता अपनाउन प्रदेश सरकारले सम्बन्धीत निकायहरु सँग छफलफल चलाउने बताईन्।  

 

बालीमा लाग्ने अमेरिकन फौजीकीराको निवारणका लागी धनगढीमा आईतबार देखी २ दिने गोष्ठीको आयोजना गरीएको छ। भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय, किसान परीयोजना २ र कृर्षि विकास निर्देशनालयको संयुक्त आयोजनामा  गोष्ठीको आयोजना गरीएको हो। 

कमेन्ट लोड गर्नुस