सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

२०७६ मंसिर १, ०७:४४ खबर संवाददाता

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी बजार नजिकै गएराती रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउँदले  दुर्घटनामा परी कृष्णपुर नगरपालिका ३ का २४ वर्षीय दिनेश राना र सोही स्थानका २० वर्षीय सुनिल रानाको मृत्यु भएको बताए।

उनीहरु सवार अनटेष्ट मोटरसाईकल ठोक्किर घाईते भएपछि उपचारका लागि सेती अञ्चल प्रादेशिक अस्पताल  धनगढी ल्याईएको थियो। उपचारका क्रममै दुवै जनाको मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस