सुदूरपश्चिममा १८ औं राष्ट्रिय निर्माण दिवस विभिन्न सामाजिक कार्यक्रमसँगै मनाइयो
धनगढी: १८ औं राष्ट्रिय निर्माण दिवस सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइएको छ। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ कैलालीको संयुक्त आयोजनामा रक्तदान, खाद्यान्न वितरण, सरसफाइ तथा ब्याडमिन्टन प्रतियोगिता लगायतका सामाजिक तथा स्वास्थ्यमुखी गतिविधिहरू सम्पन्न गरिएका हुन्।
निर्माण व्यवसायीहरूको सामाजिक उत्तरदायित्वलाई लक्ष्य गरी नेपाल अपाङ्ग संघ नवजीवन खगेन्द्र केन्द्र धनगढीलाई खाद्यान्न सहयोग प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेकबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार टेकबहादुर सेठी प्रमुख अतिथिका रूपमा सहभागी थिए।