सुदूर नेपाललाई विश्वसँग जोड्दै

यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०५:३६ खबर संवाददाता

इलाममा बस दुर्घटना हुँदा १० जना घइते भएका छन्। मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङमा शनिबार भएको बस दुर्घटनामा १० जना घाइते भएका छन्। को १ ख ५३३८ नम्बरको बस रोङ्ग गाउँपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोरङको उर्लाबारीबाट तिहारमा देउसी भैलो खेलेको समूह  चढेको बस इलामको कन्याममा वनभोज खाएर फर्कने क्रममा दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस