सुदूर नेपाललाई विश्वसँग जोड्दै

जैविक विविधताको संरक्षण गर्न राजीको अध्यक्षतामा कैलालीमा समुह गठन

२०७६ कार्तिक ३०, ०६:४० खबर संवाददाता

जैविक विविधताको संरक्षणका लागि कैलालीमा समुह गठन गरिएको छ। पूर्वी कैलालीको मोहन्याल गाउँपालिकामा समुदाय स्तरीय जलचर तथा जलीय जैविक विविधता संरक्षण समूह (सीएएजीएसओ) गठन गरिएको हो।

मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ सोल्टामा शनिबार गठन भएको समुहको अध्यक्षमा कर्ण राजी चयन भएका छन्। समुहको सचिवमा यमकला विक र कोषाध्यक्षमा बबिता योगी चयन भएका छन्।

१७ सदस्यीय समितिको सदस्यहरुमा गौरी वि.क, भीमबहादुर शाही, गणेश थापा, बालाराम थ्यायत, उर्मिला वि.क, नवराज नेवार, शिवराज खड्का, गौरी रोकामगर, भुमिनन्द रिमाल र भक्त मगर चयन भएका छन्। मोहन्याल गाउँपालिकाको आयोजना, वातावरण समन्वय समिति कैलालीको आर्थिक तथा प्राविधिक सहयोग र युएसआइडीको साझेदारीमा संचालित पानी परियोजना अन्तर्गत समूह गठन गरिएका हो। ठूलीगाड जलाधार क्षेत्र अन्तर्गत पर्ने राजीरेक्चादेखि टिउली खोलासम्मको क्षेत्र समेटने गठन गरिएको वातावरण समन्वय समिति कैलाली पानी परियोजनाका संयोजक गोमती जोशीले जानकारी दिईन्।

कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिँह रावल, वडा नम्बर ६ का अध्यक्ष टीकाराम भण्डारी, सुर्खेतको चौकुने गाउँपालिकाका वडा नम्बर १० का अध्यक्ष शंकर वि.क, वातावरण समन्वय समिति कैलालीका अध्यक्ष लोकराज जोशी, पानी परियोजनाका जलाधार व्यवस्थापन विशेषज्ञ गजेन्द्र बहादुर सिंह लगाएतको सहभागिता रहेको थियो। 

 

कमेन्ट लोड गर्नुस