कैलालीमा जनप्रतिनिधि र कर्मचारीे सरकारी सवारी साधनको दुरुपयोग गर्दै

यहि कात्तिक २४ गते मात्र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाको गाडीको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडीको डोडा पुलमा ठक्कर दिदा दुईजना घाईते भए।
उक्त गाडी कार्यालय प्रयोजन लागि नभई कर्मचारीहरुले व्यक्तिगत काममा प्रयोग गरेको आरोप लागेको छ। तर त्यो दिन गाडीमा सवार प्रशासकिय अधिकृत गोपाल ओझाले भने व्यक्तिगत नभएर कार्यालयको कामका सिलसिलामा टीकापुर गएका बेला दुर्घटना भएको दावी गरे।

विद्युत प्राधिकरण मात्र नभएर अन्य कार्यालयका कर्मचारीले पनि सार्वजजिक विदा बाहेकको समयमा समेत सरकारी गाडीको दुरुपयोग गर्ने गरेको आरोप लागेको छ। स्थानीय तहका जनप्रतिनिधिले त शक्तिको आडमा झनै सरकारी गाडी दुरुपयोग गर्ने गरेका छन्।

उनीहरुले सार्वजनीक विदामा समेत अनुमती विना गाडी चलाउने गरेका छन्। तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले विदाका दिन अतिआवश्यक भएमा अनुमती लिएर मात्र गाडी चलाउन पाईने बताए।
उनले भने सार्वजनिक विदामा प्रशासनको अनुमती विना चल्ने सरकारी गाडीमाथि प्रहरीले निगरानी गरी कारवाहीको दायरामा ल्याउने काम गर्दै आएको पनि दावी गरे। तर जिल्लामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्ने क्रम बढ्दै गएको हो।


कार्यालयको काम प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने सरकारी गाडीको दुरुपयोग गर्दै जनप्रतिन्धिी र कर्मचारीले व्यक्तिगत कामका लागि पनि प्रयोग गर्ने गरेका छन्। अतिआवश्यक काम परेको खण्डमा स्थानीय प्रशासनको अनुमतीमा मात्रै सार्वजनिक विदाका बेला गाडी चलाउन मिल्ने व्यवस्था छ तर कैलालीमा आफूखुसी सरकारी गाडीको प्रयोग गरिदै आएको छ।
स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कडाई नगर्दा जिल्लामा सार्वजनिक गाडीको दुरुपयोग बढेको दावी गरिदै आएको छ। सर्वसाधारणलाई चेकजाँचका नाममा अनावश्यक दुःख दिने प्रहरीले सेतो नम्बर प्लेटको गाडी चेकजाँचको दायरामा नल्याउने गरेको आरोप लाग्दै आएको छ।
तर भर्खरै मात्र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रमुख भएर आएका ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले भने, प्रशासनको अनुमती विना विदामा चल्ने सरकारी गाडी पनि चेकजाँचको दायरामा ल्याईने बताए।
उनले मातहतका प्रहरीलाई पनि सोही अनुसार निर्देशन गरिसकेकाले सरकारी गाडीको दुरुपयोग र अनुमती बिना चल्न गाडी नियमन गरी प्रशासनको जिम्मा लगाउने दिनेश खबरलाई बताए।
तर आम नागरिकले तिरेको करबाट खरिद गरिएका सरकारी गाडीको दुरुपयोग बढ्दा राज्यमाथिको भार पनि थपिदै गएको छ। त्यसैले बढ्दै गएको सरकारी गाडीको दुरुपयोग रोक्न स्थानीय प्रशासन र प्रहरीले ध्यान दिन आवश्यक छ।