सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २४ करोडको स्थानीय पूर्वाधार विकास कार्यक्रममा टुक्रे योजनालाई प्राथमिकता

२०७६ कार्तिक ३०, ११:११

भूवन भट्ट

धनगढी– कैलालीमा २४ करोडको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रममा टुक्रे योजनालाई प्राथमिकता दिईएको छ। चार जना संघीय सासंदले पाउने २४ करोडका लागि योजना छनौटको प्रक्रिया सकिएकोमा कैलाली निर्वाचन क्षेत्र नम्वर २ बाहेक अन्यमा अधिकासं टुक्रे योजनालाई प्राथमिकता दिईएको हो।

उनीहरुले योजना छनौट गर्दै कार्यान्वनको प्रक्रिया अगाडी बढाउन जिल्ला समन्वय समिति कैलालीलाई बुझाईसकेको जिल्ला समन्वय समिति कैलालीका समन्वय अधिकारी विरवहादुर शाहीले बताए। कैलाली निर्वाचन क्षेत्र नम्वर २ मा भने टुक्रे योजनासंगै एउटा अस्पताल र अर्को रणनीतिक सडकका लागि समेत बजेट विनियोजन प्रतिनिधि सभा सदस्य झपट रावलले बताए। 

उनले शिक्षा, स्वास्थ्य, सिचाँई, सडक, खेलकुद भवन निमार्णका लागि पनि बजेट विनियोजन गरिएको बताए। कैलाली निर्वाचन क्षेत्र नम्मबर ३ का सासंद गौरीशंकर चौधरीले गत बर्षका अधुरा योजनाहरुलाई अगाडी बढाउनका लागि पनि बजेट विनियोजन गरिएको बताए। 

अधिकासं १० देखि १५ लाखका योजना छनौट गरेको उनले स्विकार गरे। अधिकासं सडकका योजना छनौट गरिएकोमा त्यसपछि विद्यालय भवन, सहकारी भवन, तटबन्धन लगायतका योजना पनि प्राथमिकतामा राखिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले गत बर्ष अधुरा रहेका योजनालाई पनि यस बर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। 

गत बर्ष ५ वटै निर्वाचन क्षेत्रका लागि बजेट विनियोजन भएपनि यस बर्ष भने निर्वाचन क्षेत्र नम्वर १ का लागि बजेट विनियोजन गरिएको छैन्। निर्वाचन क्षेत्र नम्वर १ बाट विजयी रेशम चौधरी टीकापुर घटनामा दोषी ठहर भईसकेका छन् भने सामानुपातीक सासंदलाई उक्त बजेट कार्यान्वयनमा लैजान अधिकार दिईएको छैन्। 
 

कमेन्ट लोड गर्नुस