सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ४४ करोड बजेट, ५ करिडोर निर्माण गर्ने योजना

२०७६ कार्तिक २९, ०६:४६ नवराज पनेरु

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षमा पर्यटन तर्फ झण्डै ४४ करोड बढि बजेट कार्यान्वयन गर्ने जिम्मा पाएको छ। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश र संघीय सरकारको गरि पर्यटन तर्फ ४४ करोड २६ लाख बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका हो।

‘४ वटा उत्तर–दक्षिण र एउटा पुर्वपश्चिम गरी ५ वटा पर्यटन करिडोर निर्माणका लागि मन्त्रालयले १३ करोड बढि बजेट विनियोजन गरेको छ,’ प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रशाद श्रेष्ठले भने, ‘पर्यटन करिडोर भित्र पदमार्ग, भ्यू टावर, स्वागत गेट लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ।’

कैलालीको चिसापनी र भारतीय पर्यटक भित्रिने थप ६ वटा गरि ७ वटा नाकामा सुचना केन्द्र निर्माण गर्ने योजना पनि रहेको उनले बताए। ७ वटा सुचना केन्द्र निर्माणका लागि प्रदेशको पर्यटन मन्त्रालयले ७० लाख बजेट विनियोजन गरेको उनले बताए।

उनका अनुसार गत बर्ष पर्यटन तर्फको बजेट कार्यान्वयन गर्ने निकाय नै नहुँदा विनियोजित बजेट पनि खर्च हुन सकेको थिएन्। तर प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार प्र्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई स्थापना भएपछि पर्यटन तर्फका योजना कार्यान्वयनमा सहजता हुने उनले बताए। 

त्योसंगै यसै बर्ष खप्तड पर्यटन विकास समिति लगायतका अन्य पर्यटकीय क्षेत्रमा पनि विकास समिति गठन गर्ने तयारीमा प्रदेश सरकार छ। भौतिक पुर्वाधार विकास, सस्थागत क्षमता विकासका पनि दर्जनौ योजना कार्यान्वयनको तयारी भईरहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईका प्रमुख किशोर अर्यालले बताए। 

अवको डेढ महिनापछि भ्रमण बर्ष २०२० पनि सुरु भईरहेकोले संघीय सरकारले थप बजेट प्रदेश सरकारलाई पठाएको उनले बताए। उनका अनुसार भ्रमण बर्षकै लागि समेत प्रदेश सरकारले समेत बजेट विनियोजन गरिसकेको छ।

तर अहिले सम्म चालु आर्थिक बर्षका लागि विनियोजित पर्यटन तर्फको बजेट र भ्रमण बर्षका लागि विनियोजित बजेटको समेत कार्यान्वयनको प्रक्रिया भने अगाडी बढेको छैन्। जस्ले गर्दा आर्थिक बर्षको अन्त्यमा हतार हतार काम गर्ने परिपाटीले फेरी पनि निरन्तरता पाउने आशंका उब्जिएको छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस