सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

२०७६ कार्तिक २९, ०२:४० खबर संवाददाता

बजुराको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ। नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन्।  यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहिन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए। सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ। उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ। सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन्। 

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युतबाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युतको टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको बताए। जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ।
 

कमेन्ट लोड गर्नुस