सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता गोविन्दाले भने– नेपाली दर्शकको धेरै माया छ

२०७६ कार्तिक २९, १०:५५

बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन् ।

वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भने, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”

सोमबार पत्नी सुनितासँगै नेपाल आउनुभएका उनले आज बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे । सुनिता भने नेपाली हुन् । उनले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेकामा जोड दिए ।

गत वर्ष पनि उनी एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । उनीसँगै भारतमा रहेकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आएकी छन् ।
 

कमेन्ट लोड गर्नुस