कैलालीको साहारा घरमा हेल्प फर ह्याप्पीनेसद्धारा ह्रदयको आँखा कार्यक्रम सम्पन्न
सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेसले कैलालीको बौनियामा रहेको साहारा घरमा ह्रदयको आँखा कार्यक्रम सम्पन्न गरेको छ। दार्जिलिङ घर भएर हाल हङकङमा बस्ने ममता रानामगरको जन्मदिन सहित ह्याप्पीनेसले ह्रदयको आँखा कार्यक्रम मनाएको संस्थाका सुदूरपश्चिम संयोजक जिएस भण्डारीले जानकारी दिए।
संस्थाको आपतकालीन असहाय कोष र रानामगरले पठाएको रकमबाट खाद्यान्न लगायतका समाग्री पनि सहयोगार्थ हस्तान्तरण गरिएको छ। हेल्प फर ह्याप्पीनेसका अध्यक्ष नविन तिवारीले अनावश्यक खर्च घटाउदै सामाजिक कार्य गर्ने उद्देश्यले खुसी साट्न ह्रदयको आँखा कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्।
उनले प्रेम रुपलाई भन्दा मानवताका लागि कार्यक्रम गरिएको बताए। साहारा घरका अध्यक्ष बलबहादुर विष्टले मानवताका कुनै सीमा नहुने बताए। उनले खुसी नपुगेको ठाउँमा खुसी सहयोग गरेकोमा हेल्प फर ह्याप्पीनेसलाई सहयोग ज्ञापन गरे। यस्तै, हेल्प फर ह्याप्पीनेसको छात्रवृत्ति अभियान अन्तरगत साहारा घरमै आश्रित रोशनी साहारालाई छात्रवृत्ति रकम पनि हस्तान्तरण गरिएको छ।
रोशनीलाई कक्षा १० सम्म निःशुल्क अध्ययनका लागि पहिलो किस्ता वापत सात हजार हस्तान्तरण गरिएको छ। आर्दश सामुदायिक विद्या मन्दिरका प्रचाय सुरेश सुनारलाई उक्त रकम हस्तान्तरण गरिएको सुदूरपश्चिम संयोजक भण्डारीले बताए।
जसमा हेल्प फर ह्याप्पीनेसकी सदस्य पुजा भण्डारीले व्यक्तिगत रुपमा सहयोग गरेकी छन्। रोशनीको पढाईमा लाग्ने खर्च आधा आधा विद्यालय र ह्याप्पीनेसले व्यहोर्ने सहमती गरिएको छ।
कार्यक्रममा हेल्प फर ह्याप्पीनेसका सदस्य सौगात क्षेत्री, यमुना थापा, पूजा भण्डारी, निकिता क्षेत्री र जनक सुनार लगायतको सहभागीता रहेको थियो।