सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतिय नक्सामा नेपाली भुमी समावेश गरेको भन्दै टीकापुरमा विरोध प्रदर्शन

२०७६ कार्तिक २७, ०७:५१ खबर संवाददाता

भारतिय नक्सामा नेपाली भुमी समावेस गरेको भन्दै कैलालीको टीकापुरमा समेत विरोध प्रदर्शन गरिएको छ। युवक संघको आयोजनामा टीकापुरमा विरोध प्रदर्शन गरिएको हो। युवक संघका केन्द्रिय सचिव एवमं सुदूरपश्चिम ईन्चार्ज प्रसान्त थापाको उपस्थीतिमा विरोध प्रदर्शन गरिएको हो। यसअघि पनि विभिन्न स्थानमा विरोध कार्याक्रम गरेको युवक संघले मंगलवार मात्र महेन्द्रनगरको मदनचौकमा विरोध सभाको आयोजना गरेको थियो। यो संगै सुदूरपश्चिमको पहाडी जिल्लामा पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ।

कमेन्ट लोड गर्नुस