डा. केसी धनगढीको सेती प्रादेशिक अस्पताल भर्ना
डडेल्धुरामा नौँ दिन अनसन वसेका डा. गोविन्द केसीको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ। केही बेर अघि मात्र धनगढी पुगेका केसीको प्रादेशिक अस्पतालको विशिष्ट कक्षमा फिजिसिएन डाक्टर निराजन दत्त शर्मा पौडेलले उपचार गरिरहेका छन्।
डा. केसीले कात्तिक १७ गतेदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा सुरु गरेका थिए। तर मगंलबार राष्ट्रियताको संवेदनशिलताकै विषयमा देशभरमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसीले सत्याग्रह स्थगित गरेका थिए। धनगढीमा उपचार सकेर मात्र केसी काठमाडौँ फर्किने बताईएको छ।