सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेलीबेटी बेचबिखनको ‘ट्रयाक’ बन्दै कैलालीको गौरिफन्टा नाका

२०७६ कार्तिक २७, १२:३९

कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको गौरिफन्टा नाका चेलिबेटी बेचबिखन गर्ने ‘ट्रयाक’ बन्दै गएको छ। उक्त नाकाबाट यो वर्षको ४ महिनामा मात्रै ७ महिलाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याकं छ। पछिल्लो ३ वर्षयता ८८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको कार्यालयले जनाएको छ। 

गत आर्थिक वर्षमा त्रिनगर नाकाबाट १ सय ५० महिला तथा बालिकाको उद्धार गरिएको माइती नेपाल कैलालीले जनाएको छ।  त्यस्तै आव ०७४/७५ मा त्रिनगर नाका भएर भारततर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरिएको छ । ०७३/७४ मा भने भारततर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरिएको कार्यालयको तथ्याकं छ।  पछिल्लो ४ महिनामा उक्त नाकाबाट मात्रै ६६ महिलाको उद्धार गरिएको माइती नेपालले जानकारी दिएको छ।   

जिल्ला प्रहरी कार्यालय कैलालीका पहिले अशिक्षित महिला मात्रै बेचबिखनमा पर्ने गरेको भएतापनि अनुसार पछिल्लो समय पढेलेखेका शिक्षित युवतीहरू पनि बेचबिखनमा पर्ने गरेका छन ।

पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायहरूले चेलीबेटी बेचबिखन नियन्त्रण गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएका छन । तर समस्या भने ज्युँका त्युँ रहेको देखिन्छ।

कमेन्ट लोड गर्नुस