सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७६ कार्तिक २७, ११:०१ खबर संवाददाता

कैलालीमा मोटरसाईकलको ठक्करबाट घाईते भएका पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ को साडेपानीमा मंगलबार बिहान मोटरसाईकलको ठक्करबाट घाईते भएका ७७ वर्षीय जीवबहादुर बमको उपचारका क्रममा भारतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले साडेपानीको नयाँ बजार नजिकै बर्दागोरिया १ बौनियाका पारस परियारले चलाएको प्रदेश नम्बर ३००२ प ८०६० नम्बरको मोटरसाईलकको ठक्करबाट घाईते भएको बमको लखनउमा मृत्यु भएको बताए।
 

कमेन्ट लोड गर्नुस