सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विप्लव निकट नेकपाले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलायो

फाइल फोटो
फाइल फोटो
२०७६ कार्तिक २६, ०९:०४ खबर संवाददाता

कैलालीमा विप्लव नेतृत्वको नेकपाले नेपाली भूमी मिसेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको संयुक्त आयोजनमा गरिएको कार्यक्रममा मोदीको पुत्ला जलाईएको हो। नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि त्यसको विरोधमा प्रधानमन्त्री मोदीको पुत्ला जलाईएको जानकी गाउँपालिका सेकेरेटरी भावुकले बताए। 
 

कमेन्ट लोड गर्नुस