सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई तीन सय ७२ थान कपडा दान

२०७६ कार्तिक २६, ०८:५८ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई तीन सय ७२ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई तीन सय ७२ थान कपडा दान गरिएको हो। धनगढीकै वडा नम्बर ५ मा रहेको नन्दीनाथ एकेडेमी र धनगढी ईन्जिनियरिङ कलेजका विई सिभिल ईन्जिनियरिङ संकाय आठौं सेमेस्टरका विद्यार्थीहरुले कपडा दान गरेका हुन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ। यता मंगलवार देखि सात दिन सम्म बैंक बन्द रहने भएको छ।  प्राविधिक कारणबस सात दिन सम्म बैँक बन्द रहने सम्पर्क व्यक्ती ज्ञानु शाहले बताईन्। 

कमेन्ट लोड गर्नुस