सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीका स्वकीय सचिव प्रहरीको नियन्त्रणमा

२०७६ कार्तिक २६, ०७:४२ खबर संवाददाता

मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुँवरलाई ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीले कुँवरले गौरीगंगा १० टीकाराम चौधरीको गोरुगडालाई ठक्कर दिदा उनी घाईते भएको जनाएको छ। चौधरीको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ।

गोरुगाडामा सवार तीनजनाको अवस्था समान्य रहेको छ।  स्वकीय सचिव कुँवरलाई चोट नलागेपनि  उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाईकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस