सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार गरिँदै

२०७६ कार्तिक २६, १०:३०

भारतकी गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन्। सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी उनको अहिले मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ।

कैयौं नेपाली गीत पनि गाएकी ९० वर्षीया उनि आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर रहेको सामाचार एजेन्सी पीटीले जनाएको छ। छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो ।

लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । 
 

कमेन्ट लोड गर्नुस