सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

२०७६ कार्तिक २६, १०:१७ खबर संवाददाता

कैलालीमा कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेको छन्। जिल्लाको मोहन्याल गाउँपालिका  वडा नम्बर  ५ का अध्यक्ष छविलाल हौजालीमगरलाई कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले हौजालीमगरले कार्यालय सहयोगी तुलसरा सिजालीमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष हौजालीमगरलाई पक्राउ गरिएको जानकारी दिए। वडा अध्यक्षलाई सोमबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुख्खडको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरिक्षक बस्नेतले दिनेश खबरलाई बताए।

उनले हौजालीमगरकी श्रीमतीलाई अध्यक्षको अर्की महिलासंग उठबस रहेको कुरा लगाएपछि कुटपिट गरेको बुझिएको प्रहरीले जनाएको छ। वडा अध्यक्षले सिजालीमाथि कार्यालयमै कुटपिट गरेका हुन्।

कुटपिटमा पर्ने महिला वडा अध्यक्षकी भतिजी नाता पर्ने पनि प्रहरीले जनाएको छ।  घटना कात्तिक १९ गतेको भएपनि प्रहरीमा ढिलोगरी आएको हो। 

कमेन्ट लोड गर्नुस