सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

२०७६ कार्तिक २५, ०५:५० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधान धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आउदो फागुन ६ देखि १२ गते सम्म महोत्सव आयोजना गरिने भएको हो। विश्वभरीका नेपाली साहित्यकारहरुको सहभागितामा धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुन लागेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।

नेपाली, भाषा, साहित्य र संस्कृतीको उद्गमस्थलका रुपमा चिनिने काली–कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए। महोत्सव प्रधानमन्त्री केपी शर्मा ओली माफर्त उद्धघाटन गराउने कार्यक्रम रहेको उनले बताए। महोत्सवलाई सफल पार्नको लागि विभिन्न १३ वडा समितिहरु समेत गठन गरिने भएको छ।

 

 

कमेन्ट लोड गर्नुस