सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५६ हजारले स्मार्ट लाईसेन्स पाउन बाँकी

२०७६ कार्तिक २५, ११:४९ रोशन भट्ट

धनगढीका चन्द्र जोशीले छ महिना अघि मात्र मोटरसाईकलको सवारी चालक अनुमति पत्रको परिक्षा उत्र्तिण गरे। लिखित र प्रयोगात्मक परिक्षा पास भएपछि यातायात कार्यालयलाई राजश्व बुझाउदै स्मार्ट लाईसेन्सको प्रतिक्षामा बसेपनि अहिले सम्म उनले लाईसेन्स पाएका छैनन्।

यातायात कार्यालयको लापरवाही र ढिलासुस्तीले सवारी चलाउन योग्य हँुदा हुदै पनि स्मार्ट कार्ड नबन्दा समस्या खेप्नुपरेको गुनासो जोशीको छ। ‘लाईसेन्स भएर पनि नभए जस्तो भया।’ उनले भने। यातायात व्यवस्था कार्यालय धनगढीबाट स्मार्ट लाईसेन्सका लागि अहिले सम्म ७६ हजार भन्दा बढी आवेदन परेपनि झण्डै आधा लाख बढिले अझै प्राप्त गर्न सकेका छैन्।

यातायात विभागबाट २१ हजार स्मार्ट कार्ड मात्र छापिएर धनगढी आईपुगेपनि ५६ हजार कार्ड भने अलपत्र छन्। त्यसमध्ये कार्यालयले अहिले सम्म १४ हजार पाँच सय स्मार्ट कार्ड वितरण गरेको यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए।

यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाईसेन्सको स्मार्ट कार्ड वितरण गर्न सुरु गरेको थियो। स्मार्ट कार्ड वितरण गर्न सुरु गरेको दुई वर्ष पुरा हुँदा पनि धनगढीबाट आवेदन दिएका करिब ५६ हजारको स्मार्ट कार्ड आउँन वाँकी रहेको हो। तर यातायात व्यवस्था विभागका महानिर्देश्क गोगन हमालले भने अबको एक हप्ता भित्र यो समस्या समाधान हुने दावी गरे।

यता सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड समयमै नपाउने समस्याले सेवाग्राही भने हैरान भएका छन्। स्मार्ट कार्डका लागि वषौँ सम्म पर्खिनुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन्। अहिले यातायात कार्यालयले प्रदान गर्ने

नगदी रसिदले नै लाईसेन्सको काम गरिरहेको छ। तर त्यसको दुरुपयोग समेत हुने गरेका कारण दुर्घटना बढेको आशंका गरिएको छ। प्रहरीले पनि चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको गुनासो गरिएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस