सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेन्टल फेसियल सेन्टर स्थापना

२०७६ कार्तिक २४, ०६:५८ खबर संवाददाता

धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको छ। धनगढीमै कार्यरत पाँच जना डाक्टरहरुको टिमले ६० लाखको लगानीमा धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो।

धनगढीमै कार्यरत डाक्टर दीपक ठकुराठी, प्रेरणा शर्मा, मोना खड्का, ज्योत्शन पौडेल र लक्ष्मीप्रसाद जोशीले डेन्टल फेसियल सेन्टर स्थापना गरेका हुन्। धनगढी सहित सुदूरपश्चिम प्रदेश भरी डेन्टल र फेसियल सम्बन्धि अग्रीम उपचार गर्ने सेन्टर नभएको वेला नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको संञ्चालक मध्येका एकजना डाक्टर दीपक ठकुराठीले बताए।

‘विगत चार महिना अगाडी नै तयारीमा थियौँ’ डाक्टर ठकुराठीले भने, ‘अहिले सुदूरपश्चिमवासीले डेन्टल र फेसियल सम्बन्धि अग्रीम उपचार गर्नको लागि काठमाडौं अथवा भारत जानु पर्ने बाध्यता थियो, अव त्यो बाध्यता घट्दै जाने छ।’ आईतवार सिपी अस्पतालका संञ्चालक डाक्टर सिपी पाण्डेयले उक्त सेन्टरको एक औपचारीक कार्यक्रमका विच उद्धघाटन गरेका हुन।

कमेन्ट लोड गर्नुस