सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

२०७६ कार्तिक २४, ०१:४९

बझाङको बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । 

खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् ।

साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आज मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

कमेन्ट लोड गर्नुस