सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुरुप बन्दै घोडाघोडी ताल क्षेत्र

२०७६ कार्तिक २४, ०१:२० खबर संवाददाता

भुवन भट्ट – नेपाल भ्रमण वर्ष २०२० नजिकिएपनि सुदुरपश्चिमका अधिकांश पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ। पर्यटकीय क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि कुनै योजना नहुँदा चुनौती बढेको हो। कैलालीको घोडाघोडी तालको संरक्षणमा पनि कुनै निकायले चाँसो नदिदा ताल क्षेत्र कुरुप बन्दै गएको छ।

यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ। तर संरक्षणमा भने सरोकारवाला निकाय उदासिन देखीएका छन्। अहिले ताल क्षेत्रमा फोहोर नै फोहरका डङ्गुर थुपारिएका छन्। घोडाघोडीको अवलोकनका लागि पुगेका सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययरत कृष्णसिह ऐरले तालको दृष्य रमणीय रहेको तर फोहोरको व्यवस्थापन नभएको पाएको जनाए।

तालको संरक्षण र फोहोरमैला व्यवस्थापनमा सम्बन्धीत निकाय उदासिन बन्दा कुरुप बन्दै गएको उनको भनाई थियो। स्थानीय सरकार आएपछि मेयरको संयोजकत्वमा घोडाघोडी बृहत पर्यटन बोर्ड समेत गठन गरीएको छ। तर पर्यटकका लागी आधा घण्टा विश्राम गर्ने व्यवस्था समेत नमिलाईएको भन्दै विराट सनातन धर्म संस्कृती संरक्षण, सम्बद्र्धन प्रतीष्ठानका सचिव शंकर प्रसाद सञ्जाले आपत्ती जनाए।

उनले पर्यटन भ्रमण वर्षका लागी कुनै तयारी नथालिनु पनि दुःखद भएको जनाए। घोडाघोडी तालको अवलोकनका लागी विभिन्न क्षेत्रबाट पर्यटक पुग्ने गर्छन्। तर ताल क्षेत्रको संरक्षणमा ध्यान नदिदा कुरुप बन्दै गएको छ। तालको अवलोकनका लागी पुगेका धनगढीका शिक्षक चक्र बिकले तालको संरक्षण गरी भ्रमण वर्षमा बढि भन्दा बढि पर्यटक भित्र्याउन तर्फ सम्बन्धीत निकायले गम्भीर बन्नुपर्ने बताए।

स्थानीयले पनि नगरपालिका लगायतका निकायले संरक्षणमा चासो नै नदिदा भ्रमण वर्ष कैलालीको पर्यटकीय स्थल घोडाघोडी ताल पर्यटकको रोजाईमा नपर्ने भन्दै चिन्ता जाहेर गरेका छन्। घोडाघोडी नगरपालीका स्थानीय जयप्रसाद जोशीले अघिल्ला वर्ष भन्दा यस वर्ष झन ताल क्षेत्र झन दुर्गन्धीत बनेको बताए।

स्थानीय र प्रदेश सरकारले तालको संरक्षणमा चासो नै नदिएको आरोप लगाए। घोडाघोडी नगरपालिकाले पनी तालको संरक्षण गर्न नसकेको स्वीकार गरेको छ। नगरपालीका भने यसवर्ष तालको प्रर्वद्धनका लागी कुनै बजेट नछुट्याएको भन्दै संरक्षणमा पन्छीन खोजेको छ। नगर प्रमुख ममता प्रसाद चौधरीले ताल क्षेत्रमा केही फोहर फैलीए पनी छिट्टै सफाई गरिने बताए। उनले तालको संरक्षणमा स्थानीय सरकार कटिबद्ध रहेको जनाए। 
 

 

कमेन्ट लोड गर्नुस