दार्चुलाको शैल्यशिखर नगरपालिकामा दुई दिन सार्वजनिक बिदा
दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरकार्यपालिकाको बैठकले आइतबार र सोमबार गरि दुई दिन सार्वजनिक बिदा दिएको हो।
दार्चुलाको मालिकार्जुनमा रहेको शैल्य शिखर मालिकार्जुन मन्दिरमा आज र भोली भव्य जात्रा लाग्ने भएकोले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नागरपाललिकाले जानकारी दिएको छ।
सार्वजनिक बिदाका दिन नगरपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।