सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखर नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

२०७६ कार्तिक २४, १२:२१

दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरकार्यपालिकाको बैठकले आइतबार र सोमबार गरि दुई दिन सार्वजनिक बिदा दिएको हो।

दार्चुलाको मालिकार्जुनमा रहेको शैल्य शिखर मालिकार्जुन मन्दिरमा आज र भोली भव्य जात्रा लाग्ने भएकोले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नागरपाललिकाले जानकारी दिएको छ।   

सार्वजनिक बिदाका दिन नगरपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस