सुदूर नेपाललाई विश्वसँग जोड्दै

चराको अवस्थाबारे अध्ययन गर्न १६ सदस्यीय टोली शुक्लाफाँटामा

२०७६ कार्तिक २४, ११:२५

चराको अवस्थाबारे अध्ययन गर्न १६ सदस्यीय टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आएको छ। निकुञ्जले नै चराको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरेको हो। प्रत्येक शुक्रबार चराको वासस्थान, आहाराको अवस्था, नयाँ चरा पत्ता लगाउन र चराका प्रजातिबारे अध्ययन गर्न टोली खटिँदै आएको छ। 

निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, नेचर गाइड र सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थी गरी १६ जनाको टोलीले अध्ययन गर्दै आएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले जानकारी दिए। उनका अनुसार बाइना कुलर र विशेष प्रकारको क्यामेराको माध्यमले चराको अध्ययन भइरहेको छ। 

निकुञ्जभित्रका सीमसार क्षेत्र, मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रमा चरा अध्ययनका लागि प्रत्येक शुक्रबार टोली परिचालन भैरहेको चौधरीले बताए। टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, शिकारी ताल, रानीताल, सलगौंडीताल, बाबा ताललगायतका ताल र सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको अवस्थाबारे अध्ययन गर्दैछन्। 

एक तथ्यांकका अनुसार नेपालमा ८७७ प्रजातिका चरा पाइन्छन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४२४ प्रजातिका चरा पाइन्छन। जसमध्ये १९ प्रजातिका चरा दुर्लभ छन्।
 

कमेन्ट लोड गर्नुस