सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्टेरिङ्ग हातमा, ब्रेक खु्ट्टामा हुँदा पनि सीमा बचेन (गजल)

२०७६ कार्तिक २४, १०:११

आशीष सुवेदी

दुई ढुङ्गाबीचको तरुल लुट्न पत्थर आउँछन् 
स्वर्गझैं देश लुट्न कोही न कोही अक्सर आउँछन् ।

ढोङ पिटी राजनीतिका मसान जगाउने धामीहरू हो,
नेपालको अस्मिता बचाउन क-कसलाई मन्तर आउँछन् 

आज औंला ठडिएको छ नेपाल आमाको अस्मितामा
मित्रताको हात बढाई देश लुट्न हिटलर आउँछन् ।

स्टेरिङ्ग हातमा ब्रेक खु्ट्टामा हुँदा पनि सीमा बचेन
देश बेचिन थाल्छ जब देशद्रोही ड्राइभर आउँछन् ।

कालापानी, लिम्पिया, लिपुलेक इतिहासका पानामा रहे
आफ्नोपन पाउने छैनन् नयाँ पुस्ताले जब त्यहाँ पुग्ने रहर आउँछन् ।

(गजलकार सुवेदीएरिष्टो माध्यमिक विद्यालय धनगढीमा कक्षा १० अध्ययनरत छन्। )

कमेन्ट लोड गर्नुस